ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मुल्य तोलाको ९१ हजार ५ सय पुग्यो 

नेपालगाथा २०७७ असार २४ गते बुधबार ११:५९:०० मा प्रकाशित

काठमाडौं । सुनको मुल्य तोलाको ९१ हजार ५ सय पुगेको छ । हिजो मंगलबार ७ सयले बढेको सुन आज फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो ९० हजार नौ सयमा कारोबार भएको सुन ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

त्यस्तै तेजावी सुन पनि ९१ हजार नाघेको छ। आज ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसैगरी, चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top