ट्रेण्डिङ

होमपेज / अर्थ

वीरेन्द्रनगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

नेपालगाथा २०७७ असार ११ गते बिहीबार १८:१०:२४ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बुधबार देखि सुरु भएको सातौँ नगरसभामा नगरपालिका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले १ अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८ सय २३ रुपयाँको बजेट सभामा पेश गर्नु भएको थियो ।

बिहीबारको सभाको बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गर्दै नगरसभा सम्पन्न गरेको हो । 

यस्तै सभाले आर्थिक विधेयक, २०७७ र विनियोजन विधेयक, २०७७ समेत सर्वसम्मतिले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । 

नगरले सहायक राजमार्ग लगायतका विभिन्न महत्वपूर्ण योजनाहरू पहिलो प्राथमिकतामा राखी विकास निर्माण कार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरिएको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top