ट्रेण्डिङ

होमपेज / अर्थ

सानिमा बैंकले सुरु गर्यो अपाङ्गतामैत्री वेभसाइट

नेपालगाथा २०७७ असार ७ गते आइतबार १६:५५:४१ मा प्रकाशित

काठमाडौं । सानिमा बैंकले अपाङ्गतामैत्री वेभसाइट सुरु गरेको छ । बंैकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेभसाइटको शुरुवात गरेको हो । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ । 

उक्त वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पु¥याउने प्रयास गरेको छ ।

यो सुविधा प्रयोग गर्नका लागि बैंकको https://www.sanimabank.com मा गई दायाँ कुनामा रहेको डिसेविलिटी फ्रेन्ड्ली आइकन क्लिक गरी isability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधाअनुसारको अप्सन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ ।

यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समय क्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थ्प विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top