ट्रेण्डिङ

होमपेज / अर्थ

कर तिर्न बैङ्कर्स संघको आग्रह

नेपालगाथा २०७७ असार ४ गते बिहीबार १७:५९:१८ मा प्रकाशित

काठमाडौं । सरकारलाई चैत मसान्तसम्म तिर्नुपर्ने कर तिर्न बैङ्कहरूलाई नेपाल बैङ्कर्स संघले आग्रह गरेको छ । संघको बुधबार बसेको बैठकले निर्णय गरेर आफ्ना सदस्य बैङ्कहरूलाई चैत मसान्तमा तिर्नुपर्ने कर तिर्न आग्रह गरेको हो ।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन बैङ्कर्स संघले सरकारलाई सहयोग पुग्ने भन्दै यस्तो निर्णय गरेको हो । निर्णय पछि संघले सबै बैङ्कहरूलाई पत्राचार गर्दै सरकारलाई कर तिरिदिन आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top