होमपेज / अर्थ
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षमा एम्बुलेन्स बाहेक अन्य कुनै पनि नयाँ सवारी नकिन्ने बताएको छ । सोमबार प्रदेश सभामा आगामी आर्थिक २०७७/०७८ को बजेट प्रस्तुत आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेटलाई कोरोना भाइरसको कारण प्रभावित क्षेत्रमा लगाउने एम्बुलेन्स बाहेकका अन्य नयाँ सवारी नकिन्ने बताए ।
चालु खर्चलाई कटाएको भन्दै उनले प्रशासनिक खर्चलाई उल्लेखनीय रुपमा कटौती गरिएको बताए । जसमा प्रदेशका मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता पूर्ण रुपमा खारेज गरिएको उनको भनाई छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड बजेट ल्याएको छ ।