ट्रेण्डिङ

होमपेज / अर्थ

आगामी आर्थिक बर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार २०:०३:४१ मा प्रकाशित

काठमाडौं ।  सरकारले आगामी वर्ष २०७७÷०७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ । जसमा ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु र ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ । 

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउनेछ । साथै वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ । साथै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा कुल बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । यस वर्ष विगतको तुलनामा कुल बजेटको आकार केही घटेको छ । अर्थमन्त्री खतिवडाले प्रशासनिक खर्चमा व्यापक कटौती गरिएको बताएका छन् । 

आगामी वर्ष आन्तरिक ऋणको रकम विकास खर्चमा मात्रै विनियोजन गरिएको पनि खतिवडाले बताए । सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ । चालु वर्ष साढे ८ प्रतिशतको लक्ष्य राखिएको थियो । तर कोरोना भाइरसको संकटका कारण उक्त लक्ष्य २.३ प्रतिशत मात्रै सीमित हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top