होमपेज / अर्थ
काठमाडाैं । संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट भाषण शुरू भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ का लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।
कोरोनाभाइरसका (कोभिड- १९) कारण शिथिल बनेको अर्थमन्त्रको पुनरुत्थानका लागि बजेटमा कार्यक्रम ल्याउने मन्त्री खतिवडाले बताउँदै आएका छन् । संसद् बैठक शुरू हुनुअघि बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो ।