होमपेज / अर्थ
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थापना गरेको प्रदेश विपद कोषमा महालक्ष्मी विकास बैंकले ४ लाख सहयोग गरेको छ । महालक्ष्मी विकास बैंक सुर्खेत शाखा प्रवन्धक सुरज बयलकोटीले मंगलबार (आज) कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ४ लाखको चेक हस्तान्तरण गरेका हुन ।
विपदको घडीमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सहयोग रकम हस्तान्तरण गरेको प्रवन्धक बयलकोटीले जानकारी दिए ।