ट्रेण्डिङ

होमपेज / अर्थ

एभरेष्ट बैंकको ६ लाख सहयोग

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार ०७:५०:०६ मा प्रकाशित

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एभरेष्ट बैैंक सुर्खेतले ६ लाख रुपैयाँ जम्मा गरेको छ । एभरेष्ट बैंक सुर्खेत शाखाका प्रवन्धक विक्रान्त शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई शुक्रबार उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । 

एभरेष्ट बैंकले यस अघि सात वटै प्रदेशबाट ६/६ लाख र केन्द्रीय बैंकले ६० लाख गरी कुल एक करोड दुई लाख रुपैयाँ नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको विशाल भट्टराईले जानकारी दिनुभयो ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, एभरेष्ट बैंक सुर्खेतका सुमन कार्की र विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top