होमपेज / अर्थ
दैलेख । प्रभु बैंक दैलेखका जिल्लाका विभिन्न स्थानीय तहका पालिकाहरुलाई सहयोग गरेको छ । जिल्लाको नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा बिस्तार गरेर काम शुरु गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ ।
बैंक दैलेख शाखाले चामल, दाल र नुन वितरण गरेको हो । बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए । बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई रु पाँच लाख र सङ्घीय सरकारलाई रु एक करोड एक लाख प्रदान गरिसकेको छ ।