ट्रेण्डिङ

होमपेज / अर्थ

बैंक अफ काठमाण्डौँद्वारा ५ लाख सहयोग

नेपालगाथा २०७७ बैशाख २ गते मंगलबार १७:१३:४४ मा प्रकाशित

सुर्खेत । बैक अफ काठमाण्डौँले कर्णाली प्रदेश सरकारले गठन गरेको विपद् व्यवस्थापन कोषमा ५ लाख सहयोग गरेको छ । मंगलवार बैंकका सुर्खेत प्रमुख ज्ञानेन्द्र भण्डारीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५ लाखको चेक प्रदान गरेका छन् ।
बैंकका सुर्खेत प्रमुख भण्डारीले बैंकको केन्द्रीय कार्यालयमा एक करोड सहयोग गरेको र प्रदेश स्तरमा पाँच लाख सहयोग गरेको बताए । उनले कोरोना भाइरसको विपदबाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको जनाए । साथै उनले कोरोनाइ भाइरसबाट बच्नका लागि घरभित्रै सुरक्षित रहन पनि आग्रह गरे

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top