होमपेज / अर्थ
सुर्खेत । प्रभु बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयले कर्णालीका ६ वटा स्थानीय तहलाई ५ लाख राहत रकम हस्तान्तरण गरेको छ । यसरी राहत रकम हस्तान्तरण गरिएका स्थानीय पालिकाहरुमा सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका, दैलेखका गुँरास गाउँपालिका, भगवतीमाइ गाउँपालिका र नारायण नगरपालिका रहेका छन् । यसै गरी हुम्लाकाे खर्पुनाथ गाउँपालिका र डाेल्पाकाे सेफाेक्सुण्डाे गाउँपालिका रहेकाे प्रभु बैंक लिमिटेडका कर्णाली प्रदेश प्रमुख शरद तिमिल्सेनाले बताउनुभयाे ।

विश्वब्यापी रुपमा फैलिरहेको कोराेना भाइरस (कोभिड-१९ ) को महामारीलाई फैलिन नदिन सरकारले तीन सातादेखि जारी राखेको लक डाउनका कारण गरीव तथा मजदुर वर्गलाई दैनिक जीवन गुजारा गर्न सहयाेग पुगाेस् भनि बैंकका तर्फबाट सहयाेग रकम र खाद्यान्न हस्तान्तरण गरिएकाे प्रमुख तिमिल्सेनाले नेपालगाथालाई बताउनुभयाे । उहाँले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्य गरिरहेकाे भए पनि देशमात्र नभएर विश्व नै कोराेना भाइरसका कारण अफ्ठ्याराेमा परिरहेकाे वेला सरकारले घाेषणा गरेकाे लकडाउनलाई सहयाेग पुग्नुका साथै राहत काेषमा समेत सहयाेग पुगाेस् भनेर बैकले सहयाेग रकम हस्तान्तरण गरेकाे जानकारी दिनुभयाे ।

यस अघी नै संघीय सरकारलाई बैंकका तर्फबाट केन्द्रीयस्तरमा एक करोड रुपैयाँ सहयाेग हस्तान्तरण भइसकेकाे छ । प्रदेशस्तरमा पनि बैकले सक्दो सहयोगलाई निरन्तरता दिइरहेकाे ंछ ।
