होमपेज / अर्थ
पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नियन्त्रणमा गण्डकी प्रदेश सरकारलाई सनराइज बैंकले ५० थान पिपिई हस्तान्तरण गरेको हो । ५० थान पिपिई मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने बनाइएको छ ।
शुक्रबार सनराईज बैंक लि.का गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी ले प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गर्दै प्रदेशमा कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखेर सहयोग हस्तान्तरण गरेको बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि सनराईज बैंक लि. गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व हुने समेत बताए ।
यस्तै सनराईज बैंक लि.का प्रमुख कार्यकारी निर्देशक जनक शर्माले यो समयमा पिपिइको सबै भन्दा ठुलो महत्व भएकाले २ हप्ता सम्म पिपिइको खोजी गरी कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र अन्य कर्मचारीलाइ हौषला बढाउन यो सहयोग गरेको बताए ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंक लि.बाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाइ ५ थान र सामाजिक विकास मन्त्रालयलाइ ३० थान हस्तान्तरण गर्ने बताए ।
यो समयमा पिपिई अत्यन्तै उपयोगी सामाग्री भएको भन्दै उनले सनराईज बैंकलाई धन्यवाद समेत दिए ।
सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तीको व्यवस्थापन गरी सुरक्षीत भरपर्दो र विश्वसनिय प्रबन्ध मिलाएको उनको भनाई छ । साथै उक्त महामारीबाट आफ्नो सुरक्षाका साथ साथै मानवजातीको सुरक्षाको लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पुर्ण रुपले पालना गर्नुहुन सम्पुर्ण प्रदेश बासीलाई आग्रह समेत गरे ।