होमपेज / अर्थ
काठमाडौं । माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख बराबरको सहयोग गरेको छ । बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रीय सरकारअन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ लाख उपलब्ध गराएकाे छ । बैंकले सात वटै प्रदेशमा प्रदेश सरकारलाई ५/५ लाखका दरले कुल ३५ लाख रकम सहयोग बिहीबार हस्तान्तरण गरिसकेको छ ।
यसअघि बैंकले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हात धुने ठाउँको व्यवस्था गरेको थियो । साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अति विपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख खर्च भएको जनाएको छ ।
बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १ करोड ६ लाख सहयोग गरेको हो । बैंकिङ्ग क्षेत्र अत्यावश्यक क्षेत्रअन्तर्गत पर्ने भएकाले माछापुच्छ्रे बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ ।
साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका अन्य कामका लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबारलाई कम गर्न पनि आग्रह गरेको छ ।
कर्णाली प्रदेशमा पनि रकम हस्तान्तरण
सुर्खेत । कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा माछापुच्छ्रे बैंकले ५ लाख रकम जम्मा गरेको छ। बुधबार कर्णाली प्रदेशका आन्तारिक मामिला तथा कानून मन्त्री नरेश भन्डारीलाई माछापुच्छ्रे बैंक सुर्खेत शाखाका प्रबन्धक मदनमाेहन रिमालले ५ लाखको चेक हस्तान्तरण गरेका हुन्। विश्वव्यापी महामारीको रूपमा फैलीएको करोना भाइरसको रोकथाम तथा नियंत्रणको लागी कर्णाली प्रदेश को विपद ब्यवस्थापन कोषमा माछापुच्छ्रे बैंक द्वारा रू. ५०००००/-(पांच लाख) को राहत रक़मको चेक हस्तांतरण गरिएकाे हाे ।