होमपेज / अर्थ
सुर्खेत । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको प्रथम अधिवेशन बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल आयुर्वेद स्वाथ्यकर्मी समाज केन्द्रिय समितीको आयोजनामा सम्पन्न भएको अधिवेशनले १६ सदस्यीय समिति गठन गरेको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको प्रथम अध्यक्ष दिपेन्द्र कंडेल हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा लक्ष्मीप्रसाद पाण्डे, द्वितिय उपाध्यक्षमा निलम खत्री, सचिवमा छविलाल खड्का, कोषाध्यक्षमा कुमारी शान्ति घिमिरे रहेका छन ।
यसैगरी सदस्यहरुमा बालकृष्ण गिरी, नरेन्द्रबहादुर कठायत, जनकबहादुर थापा, करिस्मा परियार, गणेश तिरुवा, अंसिक पण्डित, दिपेन्द्रकुमार उपाध्याय, रुपकराज उपाध्याय, गणेश रावल, डवल तिरुवा लगायतका रहेका छन ।