ट्रेण्डिङ

होमपेज / अर्थ

सय रुपैयाँको नोट आजदेखि बजारमा उपलब्ध

नेपालगाथा २०७६ आश्विन ७ गते मंगलबार १२:४५:०८ मा प्रकाशित

काठमाण्डौ । नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् नयाँ नोटका विशेषता

१. बायाँतर्फ सगरमाथाको चित्र रहेको

२. मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा

३. अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध

४. अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला रहेको 

५. अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र

६. दायाँतर्फ लालिगुराँसको पानीछाप

७. नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने

८. नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र

प्रतिक्रिया

सम्बन्धित खवर

Top