होमपेज / अर्थ

सबै कर्मचारी र जनप्रतिनिधिलाई स्थायी लेखा नं. (इप्यान) लिन ताकेता

नेपाल गाथा २०७६ भाद्र १२ गते बिहीबार ०९:१३:३७ मा प्रकाशित

दुर्गा वि.सी., सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले  आफ्नो नगरका सब वडाका जनप्रतिनिधि तथा कर्मचारिहरुलाई स्थायी लेखा नं. (इप्यान)  लिन अनुरोध गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले दिएको जानकारी अनुसार नगरका केही कर्मचारीले मात्रै स्थायी लेखा नं. (इप्यान) लिएकाले सबै करार कर्मचारी, अस्थायी तथा स्थायीले अनिबार्य लिन अनुरोध गर्नु भएको छ ।

भाद्र मसान्तसम्म उक्त कार्य गर्न सबै जनप्रतिनिधि र कर्मचारीलाइ सुचित गरेको जानकारी गराउनु भएको छ । स्थायी लेखा नं. (इप्यान) नभए तलव भत्तादेखि अन्य कामको निकासा नहुने समेत जनाएको छ । स्थायी लेखा नं. (इप्यान) लिनको लागि आन्तरिक राजश्व कार्यलय सुर्खेतमा उक्त काम गर्न सकिने नगरपालिकाले जनाएको छ । नगरका सम्पुर्ण कर्मचारीदेखि जनप्रतिनिधिले समयमा स्थायी लेखा नं. (इप्यान) लिएर उक्त नम्बर कार्यालयमा वुझाउन समेत जनाएको छ ।

सरकारको नीति अनुरुप आन्तरिक राजश्व कार्यालयको ताकेता अनुसार यसो गरिएको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top