ट्रेण्डिङ

होमपेज / अर्थ

विदेशी विनिमय अपचलन मुद्दामा फरार व्यक्ति पक्राउ

नेपालगाथा २०७६ श्रावण १४ गते मंगलबार १८:२९:३३ मा प्रकाशित

काठमाडौं । राजस्व चुहावट तथा बिदेशी बिनिमय अपचलन मुद्दामा फरार व्यक्ति हाल काठमाडौं उत्तरखेल बस्ने भोजपुर षडानन्द नगरपालिका-३ जिमिगाँउ ठेगाना भएका ४४ वर्षीय कमल बहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका कमललाई विशेष सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सुकेधाराबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top