होमपेज / अर्थ
काठमाडौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं सिनेटमा निमित्त रजिष्ट्रार यमबहादुर कार्कीले आर्थिक वर्ष २०७६/०७७ का लागि अनुमानित कूल बजेट रु. १ अर्व ३ करोड ७० लाख २६ हजार रुपैयाँ विनियोजन गर्नुभएकाे छ । जसमध्ये पूँजीगत तर्फ रु. ३७ करोड १२ लाख ६२ हजार( कूल बजेटको ३५.८०%) र सन्चालन तर्फ रु. ६६ करोड ५७ लाख ६४ हजार ( कूल बजेटको ६४.२०%) रहेको बजेट सभाले स्वीकृत गरेको छ । यसैगरी आर्थिक वर्ष २०७५/०७६ को कूल ४९ करोड ७७ लाख ३ हजार मध्ये १६ करोड ८० लाख ९८ हजार पूँजीगत तर्फ र ३२ करोड ९६ लाख ५ हजार सन्चालन तर्फको खर्च अनुमोदन गरेको छ ।
आइतबार राजधानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकका प्रस्ताव उपर ब्यापक छलफल भएको थियो । विश्वविद्यालयको नवौं सिनेटमा सहभागी प्रधानमन्त्री ओलीले आफ्नो कार्यब्यस्तताका कारण बैठकको सम्पूर्ण काम, कारवाही अघि बढाउन उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालालाई अध्यक्षताको जिम्मेवारी दिनुभएकाे थियाे । उपकुलपति प्रा.डा. कोइरालाले आफ्नो चार वर्षे कार्यकालको समिक्षात्मक विषयवस्तु प्रवेश गराउनुभएकाे थियाे ।
.jpg)
चौकुनेमा कृषि तथा वन बिज्ञान क्याम्पस
सुर्खेतको चौकुने गाउँपालिकामा कृषि तथा वन बिज्ञान क्याम्पस स्थापनाको बाटो खुलेको छ । आइतबार राजधानी काठमाडौमा सम्पन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं सिनेटले चौकुनेमा कृषि तथा वन बिज्ञान क्याम्पस संचालन गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेपछि क्याम्पस स्थापनाको बाटो खुलेको हो ।
चौकुनेमा कृषि तथा वन बिज्ञान क्याम्पस संचालनका लागि यस अघि थुप्रै प्रयास र पहल भएका थिए । चौकुनेमा क्याम्पस स्थापनाका लागि क्याम्पस संचालन समितिका अध्यक्ष तथा नेकपा सुर्खेतका नेता मोहन बडुवाल, चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही लगायतले पहल गर्दै आएका थिए ।