होमपेज / अर्थ
काठमाडौं । साताको पहिलो दिन सुन र चाँदीको मूल्य घटेको छ। आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ गिरावट आएको छ। शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, तेजावी सुन ६४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आइतबार तोलामा ७२० रुपैयाँमा कारोबार भएको यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो।