होमपेज / अर्थ

सुनको भाउ बढेको बढ्यै

नेपाल गाथा २०७६ असार ६ गते शुक्रबार ११:४३:५७ मा प्रकाशित

काठमाडौं । सुनको भाउ दैनिक एक हजारले बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनकाे मूल्य ६४ हजार ७ सय पुगेकाे छ। बुधबार ६३ हजारमा काराेबार भएकाे सुन बिहीबार एक हजारले बढेर ६४ हजारमा काराेबार भएकाे थियाे।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा परेको हो। हिजो ६४ हजारमा कारोबार भएको छापावाल सुन १ हजार बढेर ६५ हजार निर्धारण भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। यो हाल सम्मै उच्च मूल्य हो। चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको महासंघको भनाइ रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top