होमपेज / अर्थ
काठमाडौं । धवार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा सय रुपैयाँले घटेर ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।