होमपेज / अर्थ

लेखा परिक्षण सम्वन्धी तालिम

नेपाल गाथा २०७६ जेठ ११ गते शनिबार २१:०७:१४ मा प्रकाशित

सुर्खेत । लेखापरिक्षकहरुको क्षमता अभिबृद्धिसम्वन्धि दुई दिने तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आन्तरिक राजश्व विभाग काठमाडौं र लेखापरिक्षणमान बोर्ड नेपालको संयुक्त आयोजनामा शनिबार तालिम सम्पन्न भएको हो । तालिममा आन्तरिक राजश्व कार्यालय सुर्खेत प्रमुख कर अधिकृत भूमिराज शर्माले कर र कर परीक्षणसम्वन्धि प्रशिक्षण दिएका थिए ।

यस्तै, लेखापरिक्षणमान बोर्ड नेपालका अध्यक्ष, एफसिए अनुपकुमार श्रेष्ठले लेखा परिक्षण सम्वन्धि, नेपाल र अन्तराष्ट्रि लेखापरिक्षमान सम्वन्धमा प्रशिक्षण दिएका थिए । लेखापरिक्षणमान बोर्डका सिए गोपालकुमार श्रेष्ठले नेपालको लेखा परिक्षणसम्वन्धि प्रशिक्षण दिएका थिए । तालिममा विभिन्न जिल्लाका ४४ जना लेखा परिक्षकहरुको सहभागिता थियो ।

तालिमको समापन कार्यक्रममा अडिर्टर्स एशोसियन अफ नेपालका केन्द्रीय उपाध्यक्ष हिमालय खत्री र केन्द्रीय सदस्य बलराम रेग्मी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रा.डा. दीपबहादुर रावललगायतको उपस्थिती थियो । बोर्डका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा तालिम समापन भएको हो ।

यसैबीच, नेपाल अडिटर्स एशोसियसनको कर्णाली प्रदेशस्तरीय समिति गरिएको छ । शनिबार कर्णाली प्रदेशस्तरीय भेलाले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सात सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पदमबहादुर घर्ती, सचिवमा तुलाराम तिवारी, कोषाध्यक्षमा गणेशबहादुर खड्का चयन भएका छन् । यस्तै, सदस्यहरुमा विष्णुऋषि रेग्मी, योगराज पोखरेल र ज्ञानेन्द्रबहादुर केसी चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top