होमपेज / अर्थ
काठमाडौं । सोमवार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर ७०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।