होमपेज / अर्थ
काठमाडौं । सोमवार सुनको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा चार सयले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउमा भने आज कुनै पनि परिवर्तन आएको छैन । चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।