होमपेज / अर्थ
काठमाडौं । महालक्ष्मी विकास बैंकका वारा र पर्सा जिल्लाका शाखाहरूले वीरगंज, कलैया तथा प्रसौनी शाखाहरूको तर्फबाट आइतबार वारा र पर्सा क्षेत्रका विभिन्न स्थानहरूमा आएको भीषण हावाहुरीबाट प्रभावित मानिसहरूको उद्धारका लागि राहत सामान वितरण गरेको छ। बैंकका तर्फबाट पीडित व्यक्तिहरूलाई १ लाख बराबरको खाद्य सामग्री, शुद्ध पिउने पानीलगायत तत्काल आवश्यक पर्ने सामानहरू वितरण गरेको हो।
बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै हावाहुरीबाट ज्यान गुमाउने व्यक्तिहरूका शोक सन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गर्नुका साथै आफ्ना शाखाहरूमार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार साँझ अकस्मात आएको हावाहुरीले बारा र पर्साका २९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी स्थानीय घाइते भएका थिए। घाइतेको जिल्लाका विभिन्न अस्पताल र काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।