ट्रेण्डिङ

होमपेज / अर्थ

वित्तीय संस्थाको कृषि जन्य प्रदर्शनी गोष्ठी

नेपालगाथा २०७५ चैत्र १७ गते आइतबार ०८:०१:५६ मा प्रकाशित

दुर्गा वि.सी., सल्यान । महिला सहयात्रा माईक्रो फाईनान्स वित्तिय संस्था सल्लीले प्रदर्शनी तथा केन्द्र गोष्टीको आयोजना गरेको छ । उक्त गोष्टीमा महिला सहयात्रा समहुमा आवद्ध सयौ महिलाहरुको उपस्थिती रहेको छ । सहयात्रामा रहेका महिलाहरुले आफुले उत्पादन गरेको कृर्षि जन्य चिजहरुको प्रदशनी समेत गरेका छन् । गोलभेडाँ,काँक्रा,च्याउ,काउली,मकै,केराउ,सिमी,वोडि,धान,मास,मसुरो,आलु,मकैको च्याँख्ला,सिस्नो,केरा, धुलो,प्याज,गहुँ,तोरि लगाएतका थुप्रै कृर्षि जन्य चिजहरुको पदर्शनी गरेका थिए । साथै सहयात्रामा काम गर्ने महिलाहरुले आफ्नो पहिलोको अवस्था र सहयात्रामा लागे पछि विभिन्न तालिम,सिपको कारण आयआर्जनमा टुवा पुगेको सफलताको कुरा जानकारि गराएका थिए ।

महिला सहयात्रा माईक्रोफाईनान्स संस्थाले समहुमा आवद्ध महिला दिदि वहिनीहरुको लागि बाख्रापालन तालिम,तरकारि खेती,वेमौषमी तरकारी,च्याउ खेती र उद्यमशिलताका विषमा तालिम दिदै उनिहरुको उत्पादन र जिवीको पार्जनमा हातेमोलो गरेको छ । साथै कृर्षि जन्य उत्पालनका क्षेत्रमा संस्थाले सहयात्रामा आवद्धलाई ५ लाख सम्म ऋण दिने र त्यसैबाट उत्पादनका क्षेत्रमा लगानी गरेको जनाएको छ । सल्लीवजारमा रहेको अम्रा शाखामा ३ सय ५१ समहु संख्या रहेको र सदस्यता संख्या १५ सय ९७ पुगेको जनाएको छ । कर्जा लगानी २१ करोडको हारिहारिमा रहेको छ भने बाँकी कर्जा ८ करोड र वचत रकम १ करोड ५१ लाख पुगेको अम्रा शाखा  प्रमुख शेर वहादुर कवँरले प्रगती विवरण प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

सल्लीवजारमा रहेको अम्रा शाखाले कृषि र पशुमा मात्रै ११ करोड वढि लगानी गरेको छ ।  महिला सहयात्रा माईक्रो फाईनान्स वित्तिय संस्था सल्लीकोे प्रदर्शनी तथा केन्द्र गोष्टीका प्रमुख अतीथी तथा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले कृर्षि जन्य क्षेत्रमा संस्थाको लगानी र उत्पादन वृद्धिसँगै बनगाड क्षेत्रका महिलाको आय आर्जनमा सजिलो वनाएकोमा संस्थाप्रति खुसी व्यक्तm गर्नु भएको थियो । नगरमा सञ्चालित अन्य संस्थाले समेत कृषिलाई प्रथामिकतामा राखेर विपन्न नागरिको जिवन स्तर माथि उठाउन उस्तै खाले काम गर्न समेत अनुरोध गर्नु भएको छ । कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष सुमित्रा मानान्धर गुरुङले समेत अम्रा शाखाको यो प्रगती विवरण र संस्थामा आवद्ध महिलाहरुको उत्पादन चिज देखेर खुसी व्यक्त गर्नु थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top