होमपेज / अर्थ
सुर्खेत । महालक्ष्मी जीवनबिमा लिमिटेडद्वारा सुर्खेतमा पहिलो पटक शनिबार तीनवटा बिमा योजना सार्वजनिक गरिएको छ । लिमिटेडले महालक्ष्मी डबल सावधिक, महालक्ष्मी लगानी फिर्ता र महालक्ष्मी सावधिक बीमा योजना सार्वजनिक गरेको हो ।
लिमिटेडका प्रतिनिधि अमृत पाण्डेले नेपालभरि हालसम्म १९ वटा जीवनबिमा कम्पनी मध्य महालक्ष्मी जीवनबिमाले पहिलो पटक कर्णालीमा आफ्नो बिमा योजना सार्वजनिक गरेको बताउनुभयो । मेगा बैक, ज्योति विकास बैक, ओम डेभललपमेन्ट, महालक्ष्मी विकास र एक्सेल डेभलपमेन्ट बैक लिमिटेड लगानीकर्ताहरु रहेको महालक्ष्मी जीवनबिमा लिमिटेडको रु.दुई अर्ब अधिकृत पूँजी तथा जारी र चुक्ता पुँजी रु.एक अर्ब ४० करोड रहेको प्रतिनिधि पाण्डेले बताउनुभयो ।
कम्पनीले निकट केही दिनमै कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सु्र्खेतमा यस प्रदेशका १० जिल्ला हेर्नेगरी कार्यक्रम गर्ने उहाँको भनाई छ । उहाँका अनुसार शनिबार महालक्ष्मी जीवनबिमा लिमिटेडले यहाँका झण्डै ५० जनालाई अभिकर्ता तालिम प्रदान गरेको छ । अभिकर्तालाई जीवनबिमा किन, कसरी, कसले, कहिलेसम्म गर्ने भन्ने बारे जानकारी दिईएको थियो ।