होमपेज / अर्थ
हुम्ला । जिल्लाका व्यापारीहरूले संकलन गरेका जटीवुटी लगातार परेको हिमपातले भिझाएपछि कुहिने चिन्ता गरेका छन्। भारी हिमपातले सिमकोट लगायतका खुला चउरमा थुपारिएका जडीबुटी भिजेकाे र लामो समयसम्म सुकाउन नसक्दा ठूलो नोक्सानी व्याेहोर्नु परेको व्यापारीहरूले बताए। सिमकोट विमानस्थलमा साठी क्विन्टल जटामासी नेपालगन्जमा उडानको लागि राखिएको जडीबुटी व्यापारी रामबहादुर भण्डारीले बताएका छन् ।
उनका अनुसार खरिद गरी ल्याएको र भिजेको जडीबुटी लामो समयसम्म सुकाउन नपाएपछि कुहिन थालेको गुनासो गरे । भिजेको जडीबुटी अब केही दिनभित्र सुकाउन नपाएमा ३६ लाख रुपैयाँ बराबरको घाटा लाग्ने बताए। अर्का व्यापारी कल्लाने बुढाले पनि ८० भन्दा बढी क्विन्टल जटामासी सिमकोट विनमास्थमै थन्किएको बताएका छन् ।
जडीबुटी भण्डारण गरिएको स्थानको हिउँ पन्छाए पनि घाम नलाग्दा सुकाउन नपाएका बताएका छन् । अहिले सिमकोटमा मात्र नाैसय क्विन्टल भन्दा बढी जटामासी थुपारिएको व्यापारी बुढाले बताएका छन् ।