ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर लगानीकर्ताले २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाए

नेपालगाथा २०७५ फाल्गुण ३ गते शुक्रबार ११:२३:२६ मा प्रकाशित

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् । आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको पुसमसान्तसम्म १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा भने १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सेयर बजारको पुँजीकरण घटेर चालु आर्थिक वर्षको ६ महिना अर्थात पुसमसान्तसम्म १४ खर्ब ३६ अर्ब ६७ करोड रुपैयाँमा आइपुगेको छ । पुँजीकरणमात्रै होइन नेप्से परिसूचकसमेतमा ठूलो गिरावट देखिएको छ । २०७४ पुस मसान्तमा १४३१.१ विन्दुरहेको नेप्से सूचकांकमा १७.७ प्रतिशतले ह्रास आई २०७५ पुस मसान्तमा १ हजार १ सय ७८.० विन्दु कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७५ असार मसान्तमा भने उक्त परिसूचक १ हजार २ सय १२ दशमलव ४ विन्दु रहेको थियो । सेयर बजार पूँजीकरण अघिल्लो वर्ष २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकलाई हेर्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेयर बजारको ४७.८ प्रतिशत हिस्सा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top