ट्रेण्डिङ

होमपेज / अर्थ

गुर्भाकोटमा शाखा रहित वैकिङ्ग सेवा सुरु

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार ००:०८:०५ मा प्रकाशित

सुर्खेत । जनता बैक नेपाल लिमटेड शाखा गुर्भाकोटले गुर्भाकोटका अरु २ वटा ठाउँमा शाखा रहित वैकिङ्ग सेवा सुरु गरेको छ । जनतालाई छिटो छरितो रुपमा सेवा प्रभा गर्न र नेपाल सरकारको निती अनुरुप हरेक ग्रामिण भेगमा वैकिङ्ग सेवा दिने लक्ष अनुरुप सो वैकिङ्ग सेवा सुरु गरीएको हो ।

गुर्भाकोट नगरपालीका वडा नम्वर १३ को गुमीको शिबनगर र वडा नम्वर ९ को बोटेचौर मा शाखा रहित वैकिङ्ग सेवा सुरु गरेको छ । शाखा रहित बैकिङ्ग सेवामा जनताले बचत खाता खोल्न,पचिस हजार सम्मको रकम जम्मा गर्न र झिक्न सरल ब्याज दरमा रिण लिनका लागी फाईल पेश गरन पाईने छ ।

सेवालाई प्रभाबकारी बनाउनका लागि द्यीद्य (शाखा रहित वैकिङ्ग) मेसीन समेत हस्तान्तरण गरिएको छ ।

शाखा रहित वैकिङ्ग सेवा कार्यक्रमको गुर्भाकोट नगरपालीका १३ र ९ का वडा अध्यक्ष हरु मधु गुरुङ्ग र शशि भट्राईले उध्घाटन गर्नुको साथै स्वागत समेत गर्नु भयको छ ।

कार्यक्रममा उध्योग बाणीज्य स‌ंघ भेरीका माहासचिव नबिन बिसीले वैकिङ्ग सेवा बिस्तार हुनु भनेको सबैमा खुसी र उध्योग ब्यापारका लागि सकारात्मक कुरा भयको बताए । कार्यक्रममा बैकिङ्ग सेवाका बारेमा जनता वैक शाखा सुर्खेतका म्यानेजर लक्ष्मी नारायण शर्माले जनता बैककाे सेवा सुविधाकाे बारेमा प्रष्ठ पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top