ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार ००:०६:२९ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो ।

नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित मूल्य संरचना अनुरुप सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार ११४ रुपैयाँमा कारोबार भइरहेको पेट्रोलको मूल्य ११२ रुपैयाँ कायम हुनेछ भने १०१ मा कारोबार भइरहेको  डिजेल/मट्टितेल ९९ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top