होमपेज / सहकारी
सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा गोष्ठी शनिबार वीरेन्द्रनगरमा रहेको संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । अर्धवार्षिक समीक्षा गोष्ठी संस्थाका अध्यक्ष नवराज कंडेलको सभाध्यक्ष्यता र राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हरिहरनाथ योगीले संस्थाको गति र प्रगतिमा समीक्षा बैठक अत्यन्तै महत्वपूर्ण हुने हुँदा यसलाई औपचारिकतामा मात्र हेर्न नहुने बताउनुभयो । विगतमा जे जस्तो भए पनि अबका बँंकी रहेका पाँच महिनामा संस्थाले निर्धारण गरेका लक्ष्यहरू पूरा गर्नका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताउँदै प्रमुख अतिथि योगीले संस्थामा आएका विभिन्न आन्तरिक चुनौतीहरू र बाह्य चुनौतीहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
जनहितकारी साकोसका अध्यक्ष नवराज कंडेलले समीक्षा बैठकमा उठेका जिज्ञासाहरुका बारेमा जवाफ दिँदै सहकारीले लक्ष्य निर्धारण गरेका केही कार्यक्रमहरु पूरा भएको र बाँकी लक्ष्यलाई पूरा गर्नका लागि सञ्चालक समिति, उपसमिति र कर्मचारी मिलेर अगाडि बढ्ने जानकारी दिनुभयो ।
सहकारी संस्थाका सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगीले संस्थाका गतिविधिहरू प्रस्तुत गर्नुका साथै प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सहकारीका सूचना अधिकारी तथा लेखा तथा प्रशासन प्रमुख वसन्तबहादुर बुढाले संस्थाको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमममा सेवाकेन्द्र प्रमुखहरुले आ–आफ्नो शाखाको त्रैमासिक लक्ष्य तथा योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
सहकारी संस्थाका संचालक समिति सचिव यामराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तीर्थराज गिरी, लेखा समिति संयोजक हिरालाल सुनार, संस्थाका व्यवस्थापक हिमलाल गौतम, सञ्चालक समितिका सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरुका उपस्थिति रहेको थियो ।