ट्रेण्डिङ

होमपेज / समाज

सरकारलाई कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न सर्वोच्चकाे आदेश

अन्तरिम आदेशमा कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न भनिएको छ ।

नेपालगाथा २०८३ असार २६ गते शुक्रबार २२:४२:५७ मा प्रकाशित

काठमाडौं । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम कारबाही गर्न सर्वोच्च अदालतले पूर्णरुपमा रोक लगाएको छ । आयोग गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले अन्तरिम आदेश जारी गरेका हुन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले २०६३/६४ यता उच्च सार्वजनिक ओहदामा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको थियो । उक्त आयोगले काम अघि बढाइसकेको छ । तर अहिले गरिरहेका कामलाई यथास्थितिमा राख्नलाई अदालतले भनेको छ ।

अन्तरिम आदेशमा कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न भनिएको छ । यस्तै, पेश हुन आएको सम्पत्ति विवरण उपरको छानबिन यथास्थितिमा राख्न आदेश गरिएको छ ।

कसै उपर कुनै किसिमको कानूनी कारबाहीका लागि सिफारिस नगर्नु र नगराउन पनि न्यायाधीशद्वयले छानबिन आयोगलाई आदेश दिएका छन् । मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाउन भनिएको छ । सर्वोच्च अदालतको यो आदेश बालेन सरकारलाई ठूलै झट्का दिएको छ । मन्त्रिपरिषद बैठकले गत वैशाख २ गते र सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा ५ सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेको थियो ।

आयोग गठन असंवैधानिक रहेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटमा आज अन्तरिम आदेश आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top