होमपेज / सहकारी
सुर्खेत । गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो गणेशजल महोत्सव विविध कार्यक्रम सम्पन्न गरेर शनिबार मनाएको छ ।
कार्यक्रमलाई सम्वाेधन गर्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय संचालक सदस्य हरिहरनाथ योगीले आफ्ना शेयर सदस्य तथा सामाजिक व्यक्तिहरुलाई सम्मान गरेर सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कामहरुलाई निरन्तरता दिदैं सहकारीका माध्यमबाट गरिवी न्यूनीकरणमा टेवा पुग्ने कामलाई बढावा दिन सुझाव दिनुभयो ।
यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष ऋषि गिरीले गणेशजल सहकारीले जिल्लाका सहकारीहरुको प्रतिस्पर्धामा आफूलाई विशिष्ठ स्थानमा उभ्याउन सफल भएको बताउनुभयो । कार्यक्रममा जिल्ला वचत ससंघका अध्यक्ष पदम दाहाल, सहकारी संघका व्यवस्थापक ढाकाराम न्यौपाने, जिल्ला समन्वय समितिका सदस्य चन्द्रा धामी, वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखाका प्रमुख दिपेन सुवेदी, सहकारी बैंकका प्रमुख सागरनाथ योगी, पत्रकार महासंघका अध्यक्ष ललित बसेल, सेलेन्डाइन एकेडेमीका संचालक शरद भण्डारीलगायतले गणेशजल सहकारीका गतिविधिहरु जिल्लामा नमूनायोग्य भएको बताउनुभएको थियो ।
संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले साधारणसभा पछिको एक महिनाको अवधिमा टोल भेला मार्फत शेयर सदस्यता लिने विधि, ऋण सदुपयोगबारे जानकारी र लेखाजोखा गरिएकाे जानकारी दिनुभयाे । टाेल भेला मार्फत उत्कृष्ट छानिएका सदस्यहरुलाई महोत्सवमा सम्मान गरिएको थिायाे । यस्तै जिल्लामा विभिन्न क्षेत्रमा ख्याति कमाएका, सामाजिक क्षेत्रका अग्रणीहरुलाई पनि महोत्सवमा सम्मान गरिएको छ ।
एक महिने टोल भेलाबाट करिब दुई करोड बरारबको शेयर वृद्धि भएको जानकारी दिदैं अध्यक्ष बिसीले सहकारीले आर्थिक काराेबाराे मात्र नभएर समाजमा चेतना जगाउने जस्ताे महत्वपूर्ण कार्य गरेकाे समेत बताउनुभयाे । साथै उहाँले फागुन महिनाभित्र गणेशजलका शेयर सदस्यहरुका लागि १२ वटा सीपमूकल कार्यक्रम सञ्चालन गरिने पनि उहाँको भनाइ छ ।
उक्त अवसरमा शेयर सदस्यदेखि सामाजिक सेवामा समर्पित अभियन्ताहरुलाई सम्मान समेत गरेकाे छ । साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकार कुलमान नेपाली, पशुपंक्षी अभियन्ता नवराज बोहरा भेडा, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई सम्मान गर्नुका साथै सहकारीका उत्कृष्ट शेयर सदस्य, बाल बचतकर्ता, ज्येष्ठ नागरिकसहितलाई सम्मान गरिएको थियो ।
सहकारीमा अहिले करिव साढे सात हजार शेयर सदस्यहरु आवद्ध छन् ।