ट्रेण्डिङ

होमपेज / प्रबिधि

भिभोको नयाँ फोन वाईजिरो २ बजारमा

सर्वसुलभ मूल्यमा फाेर जी सुविधा

नेपालगाथा २०७९ फाल्गुण ७ गते आइतबार १६:४०:३१ मा प्रकाशित

सन्तोष भण्डारी, सुर्खेत ।  भिभोले वाई सिरिजमा नयाँ मोडल वाईजिरो २ नामक नयाँ फोन सार्वजनिक गरेको छ । वाईजिरो २ मा  ५००० एमएएच विशाल ब्याट्री, २ जिवी र्याम,  ३२ जीवी रोम, ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा, ६.५१ इन्चको एजडीं डिस्प्लेका साथै १ टिवीसम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । दुई सुन्दर रंगहरू कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध भएकाे यो स्मार्ट फोन रु १२,४९९ मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध छ ।

यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू छन् । जसले दिन–प्रतिदिन प्रयोगकर्ताहरुको शूटिंग अनुभवलाई  वृद्धि र परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् । जसले प्रयोगकर्ताहरुको  क्यामेरा अनुभवलाई सुधार गर्दछ । युवा ग्राहकहरुलाई सुलभ मूल्य तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ ।

भिभो वाईजिरो २ मिडिया टेक पी २२ द्वारा संचालित छ, जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top