होमपेज / प्रबिधि
काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो। जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएकोले ए क्याटेगोरी प्रयोगशाला संचालन दिइएको जनाएको छ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत ०७८ असार मसान्तसम्मका लागि अनुमति जारी गरिएको बताएकी छिन्। उक्त अनुमति पाएपछि ल्याबले अझै सर्वसुलभ मुल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ। ल्याबका संचालक विके भण्डारीका अनुसार अहिले करिब २५ सय प्रकारका टेस्टहरु ल्याबमा गरिने भएको छ।
कोभिड–१९ (कोरोना महामारी) पछि संचालनमा आएको यस ल्याबले देशभरिका ल्याबमध्ये सबैभन्दा बढी आर टि पिसिआर परीक्षण गरेको भण्डारीले जानकारी दिए । त्यस्तै ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण टेस्टहरु हुने जनाइएको छ। सञ्चालक भण्डारीले हाल चलनचल्तिको मूल्यभन्दा कम मुल्यमा परीक्षण गर्ने तयारीमा आफूहरु रहेको बताए ।
छोटो समयमा निकै चर्चा बटुलेको यस ल्याबले पोखरामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ । हालसम्म गुणस्तरमा कुनै समस्या नआएको ल्याबले दाबी गरेको छ । त्यस्तै, ल्याबमा आजसम्म कोभिड परीक्षण गरेका सेवाग्राहीलाई अन्य परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
साथै, एक महिनासम्म टेस्ट गर्न आउने समपूर्णलाई १५ प्रतिशत छुटको व्यवस्था भएको पनि ल्याबले जजाएको छ। ल्याबमा कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण पनि भइरहेको छ।