ट्रेण्डिङ

होमपेज / प्रबिधि

नेपाल उच्च दूरसञ्चार कर भएका दश मुलुकमा 

नेपालगाथा २०७७ जेठ ८ गते बिहीबार १८:१३:१८ मा प्रकाशित

काठमाडौं । नेपाल उच्च दूरसञ्चार कर भएका देशमा परेको छ । सन् २०१८ को तथ्यांककै आधारमा नेपाल संसारमै दूरसञ्चार कर धेरै भएका दश मुलुकमा नेपाल परेको छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार नेपाल उच्च कर भएको मुलुकमा परेको हो ।

फोन गर्दा, इन्टरनेट चलाउँदा तथा अन्य दूरसञ्चार सेवा उपभोग गरेबापत नेपालका करदाताहरुले २६ प्रतिशत कर तिर्नुपरिरहेको आइटियुले उल्लेख गरेको छ । धेरै कर लाग्ने मुलुकहरुमा जोर्डन, ब्राजिल, इजिप्ट, श्रीलंका जस्ता मुलुक छन् ।
नेपालमा सन् २०१८ को तथ्यांकलाई आधार मानिएका कारण करको दर २६ प्रतिशतमात्र देखिएको हो । पछिल्लो समय सरकारले लगाएको दूरसञ्चार शुल्कको नाममा १३ प्रतिशत कर लिइरहेको छ । यसले गर्दा आइटियुले उल्लेख गरेभन्दा पनि धेरै कर नेपाली उपभोक्ताले तिरिरहेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top