ट्रेण्डिङ

होमपेज / प्रबिधि

नेपालमा ग्रुप कल ४ गुणाले बढ्यो

नेपालगाथा २०७७ बैशाख २२ गते सोमबार १९:१८:४० मा प्रकाशित

काठमाडौँ । नेपालका भाइबर प्रयोगकर्ताले गर्ने ग्रुप कल ४ गुणाले बढेको भाइबरले जानकारी दिएको छ । भाइबरले एक विज्ञप्ती जारी गर्दै नेपालमा भाइबर कम्युनिटी प्रयोगकर्ता पनि ६६ प्रतिशतले बढेको जानकारी दिएको छ ।

लकडाउन यता भाइबर मार्फत हुने कल र म्यासेजको संख्या बढेको विज्ञप्तीमा जनाइएको छ । संसाभरका प्रयोगकर्ताले गर्ने ग्रुप कलको संख्या १ सय ३४ प्रतिशतले बढेको भाइबरले जनाएको छ । यस्तै, लकडाउन सुरु भएपछि भाइबरमा २० जनासम्मले ग्रुप अडियो कल गर्न मिल्ने सुविधा थपिएको थियो । जुन त्यसअघि ५ जनाको लागि मात्रै उपलब्ध हुन्थ्यो ।

कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीबारे जानकारी बाँड्न विश्व स्वास्थ्य संगठन र नेपालमा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेको भाइबरद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top