ट्रेण्डिङ

होमपेज / प्रबिधि

क्वारेन्टाइनमा वाईफाई जडान

नेपालगाथा २०७७ बैशाख १२ गते शुक्रबार १७:१०:०८ मा प्रकाशित

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले क्वारेन्टाइनमा वाईफाई जडान गरेको छ । गाउँपालिकाले जीवन ज्योति माबीमा रहेको क्वारेन्टाइनमा वाईफाई जडान गरेको हो । क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई समय बिताउन सजिलो होला भन्ने उद्देश्यले वाईफाई जडान गरिदिएको गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले जानकारी दिए ।

कोरोना भाईरसको संक्रमणले गर्दा विश्वभरी लाखौं मानिसहरुको ज्यान गएको र त्यतिकै मात्रामा कोरोना भाईरस फैलिरहेको हुनाले यस भाईरसबाट बच्नको लागि क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई दैनिक सूचना, समाचार र सन्देश मुलक भिडियोहरु हेर्नको लागि हामीले फ्री वाईफाई जडान गरिदिएको अध्यक्ष शाहीको भनाई छ ।

यसै गरि गाउँपालिकाले सबै रुममा बत्ती र मोबाइल चार्जरको समेत व्यवस्था मिलाएको छ । चौकुने गाउँपालिका वडा नं. ६ मा रहेको जीवन ज्योति माबीको क्वारेन्टाइनमा अहिले सम्म ३७ जना रहेका छन, भने क्वारेन्टाइनमा १४ दिन बसेर रिपोर्ट नेगेटिभ आएका ६ जनालाई कोरोना भाइरसको संक्रमण नदेखिए पछि घर पठाइएको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top