ट्रेण्डिङ

होमपेज / प्रबिधि

साइन्स एण्ड एजुकेसन सेन्टर स्थापना

नेपालगाथा २०७६ फाल्गुण २८ गते बुधबार २२:१०:२५ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साइन्स एण्ड एजुकेसन सेन्टर स्थापना भएको छ । बुधबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशसभाका सदस्य ठम्मरबहादुर बिष्टले सेन्टरको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दे बिष्टले कर्णालीमा प्रविधिको तीब्र विकास आवश्यकता भएको बताए । ‘आज संसारका जति पनि देशहरु प्रविधिकै कारण अघि छन् ।’ उनले भने, ‘ती देशसँग प्रतिस्पर्धा गर्नका लागि कर्णालीमा प्रविधिको तीब्र विकास आवश्यकता छ ।’ साथै उनले कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरसँग आवश्यक सहकार्य गर्ने समेत बताए ।

प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिसँगै जोडेर अघि बढ्नुपर्ने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका निमित्त सचिव विष्णुप्रसाद अधिकारीले बताए । अझै पनि शिक्षा व्यवहारिक नभएको भन्दै उनले व्यवसायिक र प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिए । बढ्दो प्रविधिको विकाससँगै अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, ई–लाइबे्ररी, मन्टेस्वरी कक्षालगायतका विभिन्न प्रविधिसहितको एजुकेसनल सेन्टर स्थापना गरिएको कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरका अध्यक्ष गोपाल बस्यालले जानकारी दिए ।
ल्यावबाट सुर्खेतसँगै प्रदेशका अन्य जिल्लामा रहेका विद्यालयहरुले सहजै मात्रामा आवश्यक सामग्रीहरु खरिद गर्न सक्ने, अवलोकन गर्न सकिने, विज्ञान सम्बन्धीका कुराहरुको जानकारी लिन सकिने उनको भनाई छ । केन्द्रीय कार्यालयय बुटबलमा रहेको र सुर्खेतसहित ६ वटा ठाउँमा आफ्नो शाखा विस्तार गरेको भन्दै उनले आवश्यकता अनुसार कार्यालयलाई थप व्यवस्थित गर्दै जाने बताए । नेपालमा विज्ञानको क्षेत्रमा राम्रो खोज अनुसन्धान गर्ने विद्यार्थीहरुको उत्साह बढ्दै गएको भन्दै उनले सुर्खेतको कार्यालयबाट यहाँका विद्यार्थीहरुले धेरै भन्दा धेरै लाभ लिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कर्णाली प्रदेश राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख जीतबहादुर शाह, सिटिइभिटी कर्णाली प्रदेशका प्रमुख हेमन्त पराजुली, प्याब्सन केन्द्रीय कमिटीका सल्लाहकार सागर भुसाल, प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिह खत्री, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सहकोषाध्यक्ष कमल नेपाललगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top