होमपेज / प्रबिधि

पर्यटकिय क्षेत्र कुपिण्डे ताल आसपासमा सञ्चार विहिन

नेपाल गाथा २०७६ आश्विन २४ गते शुक्रबार १४:०६:२५ मा प्रकाशित

दुर्गा वि.सि.,सल्यान ।  सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,८ को पर्यटकिय क्षेत्र सञ्चार विहिन छ । उक्त स्थान ताल आसपासका वस्तिहरुमा समेत राम्रोसँग फोनले काम नगरेको स्थानीयको दुखेसो छ । पर्यटकिय क्षेत्र कुपिण्डे तालमा समेत फोन लाग्दैन । उक्त क्षेत्रमा प्रवेश गर्न साथ नेटवर्किङ राम्रो नहुदा सम्पर्क विछ्छेद हुनुपर्ने अवस्था रहेको स्थानीय हरिहर कवरले जनाउनु भयो । 

त्यसै गरि कुपिण्डेको वावियाचौरमा समेत फोनले खासै काम नगरेको वडा अध्यक्ष कुलवहादुर पुरिको भनाइ छ ।आउने जाने पर्यटक समेत त्यहाँ पुग्न साथ घरपरिवार,आफ्नतसंँग फोनमा सम्पर्क गर्न नपाएको दुखेसो सुनाउछन् । फोनले राम्रो काम नगरेको वावियाचौर प्रहरी पोस्टमा कार्यरत प्रहरी विटको दुखेसो छ । यहाँ फोनले राम्रो काम नगर्दा आवश्यक पर्दा डाँडाकाडाँ धाउनु पर्ने अवस्था रहेको स्थानीयको भनार्इ रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top