होमपेज / प्रबिधि

सूचना प्रविधि सम्बन्धी अभिमुखीकरण

नेपाल गाथा २०७६ श्रावण १२ गते आइतबार १७:४०:०६ मा प्रकाशित

सुर्खेत । भेरीगंगा नगरपालिका क्षेत्रमा रहेका युवायुवतीहरुका लागि एक दिने साझा सभा एप र सूचना प्रविधि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुन्दर नेपाल संस्था अन्तर्गत पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 
सूचना प्रविधिका औजारहरुको प्रयोग गरेर सार्वजनिक महत्वका विषयहरूमा वकालत गर्न मद्दत पुर्याउने र आफ्नो गाँउ ठाँउका समस्याहरु सम्बन्धित निकायमा सुनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिका प्रमुख भुपेन्द्रबहादुर चन्दले नगरपालिकाले सदैब नागरिक सेवामा जोड दिईरहेको बताउनुभयो । उहाँले नगरपालिकालाई डिजिटल नगरपालिका बनाउन पहल गर्ने बताउनुभयो । उहाँले नागरिकका गुनासा सम्बोधन गर्नका लागि हदैसम्मको प्रयास भईरहेको बताउनुभयो । कार्यक्रममा  नगरपालिकाका सुचना अधिकारी कुलबहादुर खड्काले सुचनाको हक र पालिकाले प्रदान गर्ने जानकारी गराउनु भएको थियो ।

सुचना सम्बन्धी आईसिटिका औजारहरु, साझा सभा एप  रेडियो स्रोता समुह किन, पैरवि, पैरवी चक्र जस्ता औजारहरु किन आवश्यक पर्दछ भन्ने बारेमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा नगरपालिका सूचना प्रविधि अधिकृत अनिल चपाईले नागरिक सेवा र सूचना प्रविधि एक अर्काका परिपुरक रहेको भन्दै युग सुहाँउदो कार्य थालनी भईरहेको बताउनुभयो । पारस्परिक जवाफदेहिता परियोजनका अभियान सुपरभाईजर गगन खड्काले पालिकाले प्रदान गर्ने सेवाहरुको बारेमा नागरिकलाई नागरिकमैत्री बनाउँदै अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले आम नागरिकका तर्फबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै अघि बढ्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा भेरीगंगा नगरपालिका वाड न १ देखि १३ सम्मका युवा क्लब, बाल क्लब चौतारी रेडियो श्रोता समूह, शिखर रेडियो श्रोता समूह  रामघाट स्थानीय सभा ,सहकारी र विभिन्न सञ्जालबाट प्रतिनिधिहरु गरी ३१ जनाको सहभागिता रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top