ट्रेण्डिङ

होमपेज / प्रबिधि

वल्र्डलिंक अब हरेक टिभीमा

नेपालगाथा २०७६ श्रावण ७ गते मंगलबार २१:३१:५४ मा प्रकाशित

काठमाडौ‌ं । मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं । याे सबैका लागि सामान्य नै भइसकेकाे छ । हामीसँग भएको कुनै पनि टिभीको ठूलो पर्दामा सजिलोको लागि हामी सबैलाई यूट्युब हेर्ने इच्छा हुन्छ । ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्युब” नामक एउटा नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ । 

यस सेवाअन्तर्गत वल्र्डलिंकका नेट टिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टि.भीमार्फत नै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्नेछन् । यो सुविधा स्मार्ट टि.भीमा मात्र नभई नन स्मार्ट वा सिआरटि टिभीमा पनि उपलब्ध छ । हाल नेट टिभीले आफ्ना ग्राहक वर्गहरुका लागि ८०भन्दा बढी एच डी च्यानलहरुसँगै टिभीमा मनोरन्जन दिइरहेकाे छ । अब नेट टिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आफुलाई मनपर्ने कन्टेन्टहरु कुनै पनि झन्झट बिना नै यूट्युब मार्फत हेर्न सक्दछन् । यो सुविधा प्रयोगकर्ताहरुले युट्युव स्क्रिनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् । साथै नेट टिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ ।

यो अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ। पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेट अप बक्स आफ्नो पुरानो नेट टिभी सेट अप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्नुहुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top