ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

यूएईले नेपालीका लागि भिसा खुलायो

नेपालगाथा २०८२ मंसिर १० गते बुधबार १८:३१:०८ मा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलनपछिको रोक हटाउँदै संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीका लागि श्रम तथा भिजिट भिसा पुनः खुला गरेको छ। अब यूएई जान प्रहरीको चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनिवार्य हुने भएकाे छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार, केही नेपालीले आजै भिसा प्राप्त गर्न थालेका छन्।

यूएईले भिसा रोकिएको बारे औपचारिक जानकारी नदिए पनि, भदौ २४ गतेको जेनजी प्रदर्शनपछि जेलबाट कैदी फरार भएको घटनालाई कारण देखाएर भिसा प्रक्रिया रोकिएको बताइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top