ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इजरायली सेनाका अधिकारीले भने - विपिन जोशी जीवित छैनन्

नेपालगाथा २०८२ आश्विन २७ गते सोमबार १६:३६:४६ मा प्रकाशित

काठमाडौं । २ वर्ष अघि इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले स्पष्ट गरेका छन् ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार आज इजरायली प्रधानमन्त्री कार्यालयका प्रतिनिधि र सेनाको कमाण्डरले अमेरिका बसोबास गरिरहेकी विपिनकी आमा र बहिनी तथा नेपालस्थित आफन्त किशोर जोशीलाई यो जानकारी गराएका हुन् ।

राजदूत पण्डितले भने, “विपिन जोशी अब जीवित छैनन् भन्ने औपचारिक सूचना प्राप्त भएको छ । सबैभन्दा पहिले इजरायली अधिकारीहरूले मलाई जानकारी गराए, त्यसपछि उनका परिवारजनलाई सूचित गरिएको हो । यद्यपि, हालसम्म विपिनको शवबारे ठोस जानकारी उपलब्ध भएकाे छैन ।”

इजरायल र हमासबीचको पछिल्लो सम्झौताअनुसार आज हमासले आफ्ना कब्जामा रहेका २० जना बन्धकहरूलाई रिहा गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top