होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । नेकपा एमालेका नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओत्सेतुको समाधिस्थल पुगेका छन् । चीन भ्रमणमा रहेकाे उक्त टाेलीले माओको पार्थिव शरीर राखिएको स्थलमा पुगेर पुष्प गुच्छासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू अहिले चीन भ्रमणमा रहेका छन् । यसअघि भ्रमण टोलीले जनवादी गणतन्त्र चीनकाे राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको समेत अवलोकन गरेको थियो ।