होमपेज / अन्तराष्ट्रिय
कतार। गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी पदम गिरीलाई झण्डै एक हजार मतले पछि पार्दै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशवराज कार्की, तृतीय उपाध्यक्षमा सन्दिपकुमार भट्टराई र महिला उपाध्यक्षमा नानु घले ब्लोन निर्वाचित भएका छन् । यस्तै युवा संयोजकमा सुवासबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। यसैगरी महासचिवमा रविन मगर, तीन सचिवमा ओमबहादुर क्षेत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा अधिकारी, कोषाध्यक्षमा बुद्धबहादुर पाण्डे र सहकोषाध्यक्षमा झबिन्द्र आचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार आइसिसी सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेमबहादुर चलाउने र बिक्रम कार्की निर्वाचित भएका छन् ।