होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद सेशन अदालतको फैसलासँगै खारेज भएको छ ।
चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो । बिहीबार नेता गान्धीलाई गुजरातस्थित् सुरत सेशन अदालतले मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो ।