ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इजरायली सुरक्षा बलको कारबाहीमा ४ जना प्यालेस्टाइनीको मृत्यु, २३ घाइते

नेपालगाथा २०७९ चैत्र ३ गते शुक्रबार १५:३२:२५ मा प्रकाशित

काठमाडौं । इजरायली सुरक्षा बलको कारबाहीमा वेस्ट बैंक क्षेत्रको जेनिनमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

सीएनएनले प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सो बारे जानकारी गराएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सुरक्षा बलले जानकारी गराएअनुसार "प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादी सङ्गठनका दुई अपरेटिभहरूलाई निष्क्रिय पारेका छन् ।"

कारबाहीका क्रममा सशस्त्र व्यक्तिहरूले सेनालाई गोली हानेको र त्यसको परिणाम स्वरूप हताहत भएको इजरायली सुरक्षा बलको दाबी छ । त्यसैगरी हमासले विज्ञप्ति जारी गर्दै जेनिनमा मारिएका दुई प्यालेस्टाइनी आफ्ना लडाकु भएको बताएको दाबी गर्दै हत्याको कडा शब्दमा निन्दा गरेको छ । यसैबीच प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले आतङ्कवादी र सर्वसाधारणसहित ८८ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । रासस।

प्रतिक्रिया

सम्बन्धित खवर

Top